उपसनाको अभिनय उत्कृष्ट
काठमाण्डौँ । नयाँ जेनेरेशनका लोकप्रिय कलाकार धीरज मगर र उपसना सिंह ठकुरीको नयाँ फिल्म खुश्माको ईमोश्नल टिजर बाहिरिएको छ ।
अगामी असोज ३ गते देखि रिलिज हुन लागेको यो फिल्मको टिजर हेर्दा लाग्छ उपसनाले भरपुर अभिनय गरेकी छिन । उनले पहिले पटक अभिनयमा शतप्रतिशत निख्खारपना ल्याउँदै पर्फमेन्स दिएको झल्को टिजरले देखाएको छ । टिजर हेर्दै जादा उपसना र धीरजको माया प्रेमले दर्शक लाई होल्ड गराउँन सक्ने क्षमता देखाउँछ ।
डकुमेन्ट्री फिल्म मेकिङमा उत्कृष्टता हासिल गर्दै आएका निर्देशक अशोक थापाले निर्देशन गरेको यो फिल्ममा माओवादी द्धन्द्धकालिन समयमा एक जोडीबीच अंकुराएको प्रेमलाई देखाउँन खोजिएको छ ।
सिम्पल मनछुने टिजर निकालेका अशोकको यो फिल्मको टिजरमा समावेश केही दृश्य चाँहि आजकाल उही धेरै हिमाली पहाडी क्षेत्रमा खिचिएका फिल्ममा प्रयोग भईसकेका सिनहरु जस्तै भान चाँहि भईदिएको छ ।
अन्यथा नलागोस । बस, निर्देशक तथा लेखक थापा प्रति जिज्ञासा मात्र है । कबड्डी सिरिजका दृश्य जस्तै यो फिल्मको टिजरमा केही दृश्यको अनुभुति किन भईदिन्छ ?
जस्तो कि, केटी माग्न जाने , अर्कोले विरोध गर्ने । हिरोले भगाउने, त्यसपछि बाटोमा छेकेर फाईट खेल्ने । यस्तै – यस्तै । बस यहाँ हसाउँने ट्रिटमेन्टको ठाउँमा रुवाउने र ईमोश्नल हुने सिन देखाईएका छन । अर्को कुरा टिजरको १ मिनेट १८ सेकेण्ड पछिको दृश्यमा नोट गर्दा हुन्छ ।
कबड्डी सिरिजका सौगात मल्ल र निश्चल बस्नेतको ठाउँमा त्यस्तै बर्णका अर्का कलाकारलाई देख्न सकिन्छ । शायद हामीलाई मात्र लागेको हो कि, तपाई पाठक तथा दर्शकहरुलाई पनि त्यस्तो लाग्छ हेर्नुहोस टिजर र प्रतिक्रिया जनाउँनुस ।
News Filmy Newsportal / Nepal
