बिहेमा नाच्ने गीत बन्यो बर एण्ड बधुको तर अन्य बेला के होला ?

काठमाण्डौँ । हुन त बोक्सीको घरको गीत रिलिज पश्चात फिल्म नगरीले अर्को हिट प्राप्त गर्न सफल भएको छैन ।

यो बिचमा जति पनि नयाँ फिल्मका गीतहरु आए ती सवै गीतहरु औषतनै देखिए । मिहिनेत गर्दा गर्दै पनि अपेक्षित रिजल्ट फिल्ममेकरहरुले पाउन सकिरहेका छैनन ।

तर अघिल्लो पटक निकालिएको लभ संङ भन्दा केही उच्चकोटीको गीत बर एण्ड बधुको टिमले निकालेको छ । गजलकार मुक्ता उदाषको शब्दमा राजेश पायल राई र मेलिना राईले गाएको बर एण्ड बधुको नयाँ गीतमा संगीतकार अर्जुन पोखरेलले हिट नम्बर दिने प्रयाश गरेका छन । नयाँ कोरियोग्राफर अनिसा स्याङदेनले स्वागयोग्य मिहिनेत गरेकी छिन ।

डान्सिङ नम्बरको गीत सुन्दा लाग्छ यो गीत आउने वैवाहिक समारोहहरुमा खोजी खोजी बजाईनेछ । अडियो भिजुअल मेकिङ नै बिहेको भएका कारण वैवाहिक समारोहमा यो गीतले आफ्नो स्थान जमाउने छनक भर पुर देखाउँछ । तर अन्य माहोलमा भने यो गीत के होला भन्ने प्रश्न चाँहि उब्जाईदिन्छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म भदौ १४ गते देखि सार्वजनिक प्रर्दशनमा आउँदैछ जसबाट विवेक कर्मचारीले हिरोको रुपमा डेब्यू गर्दैछन । उनको अपोजिट आँचल शर्मा मेन लिडमा छिन भने विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । हेर्नुहोस गीत