पुजार सार्की र फर्की फर्कीलाई केपी ओलीको पावर बुस्ट : दुवै फिल्म देशैभर हाउसफुल

काठमाण्डौँ । भिडन्तका वावजुत पनि स्टारडम जोगाउन सफल भएका चार स्टारहरुको दुई फिल्म पुजार सार्की र फर्की फर्कीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पावर बुस्ट दिएका छन ।

ओलीले केही बेर अघि आफ्नो फेसबुक पेजमा दुई फिल्मका पोष्टहरु पोष्ट्याउँदै लेखेका छन । ” नमस्कार !! आज शनिबार । धेरैले फिल्म पनि हेर्नु भयो होला, हेर्दै हुनुहुन्छ होला । शनिबार भए पनि म अलि बेफुर्सदी भएँ। युवा पुस्ताका नयाँ कलाकारहरुले अभिनय गर्नु भएका यी दुई चलचित्र ( पुजार सार्की र फर्की फर्कीको  प्रारम्भिक रिभ्यु राम्रो भएको सुन्न र पढ्न पाएको छु। कलाकारहरुको अभिनय बेजोड छ भन्ने सुनेको छु। विषयवस्तु पनि अब्बल उठाउनु भएको छ। युवा टिम सबैलाई शुभकामना !!  समय मिले म पनि चलचित्र हेर्ने नै छु। “

कलाकारहरुलाई माया गर्ने नेताका रुपमा समेत चिनिएका ओली बेला बेलामा कहिले फिल्म हल पुगेर त कहिले आफ्नो फेसबुक पेजबाट कलाकार तथा अन्य क्षेत्रका क्रिएटिभ व्यक्तित्वहरुको सृजनालाई लाई यसरीनै पावर बुस्ट दिदै हौसला प्रदान गर्ने गर्दछन ।

जसका कारण अन्य नेताहरुलाई हेर्ने दृष्टीकोणमा भन्दा ओलीलाई हर्ने दृष्टीकोणमा कलाकारहरु ज्यादा पोजेटिभ बन्न सक्छन । जसको प्रत्यक्ष फाईदा चुनाव ताका ओलीलाई सजिलै हुन सक्छ । आउँदो दिनका लागि यो उनको कुटनीतिक र रणनीतिक दुवै तयारी हो भन्दा फरक पर्दैन । यो उनले कालकारहरुलाई आफू प्रति आकर्षण र्छन गरेको सहयोग हो । जसरी आज उनले विरुवा रोपिरहेका छन त्यसैगरी भोलि चुनाव ताका कुनै न कुनै माध्यबाट उनले कलाकारहरुबाट फल अवश्य पाउँने छन । नपाएपनि सदासय भने अवश्य पाउँने छन । जुन कदम प्रसंनसनीय छ ।

यता ओलीले आफूहरुलाई शुभकामना दिएपछि र फिल्म पनि हेर्ने ईच्छा व्यक्त गरेपछि अभिनेता अनमोल केसीले समेत केपी बा धन्यवाद भन्दै ओलीको पोष्टको स्क्रिन सट शेयर तुरन्तै गरेका छन । गत बिहिबार देखि प्रर्दशनमा आएका पुजार सार्की र फर्की फर्कीले आज तेश्रो दिन अझ अझन राम्रो व्यापार गरेका छन । यि दुवै फिल्म हेर्न दर्शक हलमा खचाखच भरिदा कलाकारहरुको दौडधुप पनि फिल्म हलमा आज ज्यादा देखिएको छ ।

स्टार भनेको त्यो हो जसले फिल्म रिलिजको पहिलो तीन दिन दर्शकलाई हल सम्म तान्न सकुन त्यसपछि भनेको फिल्म आफैमा अब्बल भएर चल्नु पर्दछ । जुन स्टारडमको रिजल्ट चार स्टार अनमोल केसी, प्रदीप खड्का,  पल शाह र आर्यन सिग्देललेले यो पटक देखाएका छन ।