हे फिल्म नगरी, सुपरस्टारहरुलाई वर्नआउट हुन बाट जोगाउ

अनुप भट्टराई

नेपालीमा वर्नआउटको अर्थ हुन्छ अत्याधिक र लामो समय सम्म तनावको कारणले हुने भावनात्मक शारिरिक र मानसिक थकानको अवस्था हो ।

यो अवस्था जेठ दश गतेबाट चार सुपरस्टार मध्ये जो कोहीलाई हुन सक्ने अवस्था देखिएको छ । किन कि गत बर्ष छड्के २.० ले वास आउट विजनेश गरेपछि अभिनेता अनमोल केसी मानसिक र शारिरिक दुवै अवस्थामा थाकेका थिए ।
फिल्म सुपरहिट हुनुको साटो सुपर फल्प भएपछि उनलाई १० हजार भोल्टको करेन्ट लागे जस्तै भयो । जिन्दगीमा सवै भन्दा ठूलो गल्ती छड्के खेल्नु नै भयो उनलाई । यो बीचमा अनमोलले निर्देशक सुर्दशन थापाको रावायण लाई अन्तिम समयमा रिजेक्ट गरेको कारण झण्डै हिरासत नै बस्नु पर्यो ।

त्यहि समयमा गर्ने भनिएका अनेकन प्रोजेक्ट क्यान्सिल गर्दा आगामी भबिष्यमा कुन फिल्म खेल्ने भन्ने दुविधा तिब्र भईदियो । यध्यपी उनले वर्न आउटको झेलिरहेका बेला निर्माता रोहित अधिकारी र प्रचुर सम्भावना बोकेका निर्देशक सुयोग गुरुङले आफ्नो नयाँ फिल्म फर्की फर्की साईन गरे कन्भिन्सड गरे । निर्देशक सुयोग गुरुङले फिल्मलाई उच्चक्वालिटीमा निकाल्न खोज्दा यतिखेर अनमोल वर्नआउटको ह्याङओभरबाट बाहिर निस्किने चरणमा त छन तर यो ह्याङओभरमा अर्का तीन स्टार आर्यन सिग्देल , पल शाह र प्रदीप खड्काको फिल्म पुजार सार्की पनि प्रर्दशनका लागि भिडन आउँने हुँदा वर्नआउटको असर यि चार सुपरस्टारलाई नपर्ला भन्न सकिन्न । उनीहरु आफ्नो स्टारडमको पावर देखाउन एकै मितिमा कसरत गरिरहेका छन यतिखेर ।

दुवै फिल्मका निर्माताहरु पनि यि स्टारहरुको जुधाई लाई गोरु जुधाई जस्तो बनाईरहेका छन । दुई मितिमा दुई ठूला फिल्म जुध्दा व्यापार बाडिनु स्वभाविक हो । यो कुरा एउटा दूधे बालकलाई सोध्यो भने पनि उसले जवाफ यस्तै दिने हो तर जुंगा दारी उम्रिएका यि चार बालक अवोध बालक जसरी भिडिरहेका छन यतिखेर । पुजार सार्कीका निर्देशक दिनेश राउत क्वालिटी युक्त फिल्म बनाउँन माहिर भईसकेका छन तर यो बेला उनले आफ्नो क्वालिटीयुक्त दिमाग लगाउन नसकेको हामीलाई महशुस भईदिएको छ ।

स्टार भनेको सर्माट हुनु पर्दछ जसले भैपरि आउँने स्मार्ट मुभलाई बेलैमा नबुझदा आफ्नो रकेटिङ लाईफस्टाईललाई निक्सेन बनाई रहेका छन । अर्थात आर्ट अफ डुईङ नथिङ । केही गर्न नसक्ने ।
तसर्थ बेलैमा बुद्धी नपुर्याउदा बर्नआउटको असरबाट यि अभिनेताहरुलाई फिल्म उद्योगले जोगाउँन जरुरी छ यतिखेर । मैदानमा दुई खेलाडी भएपछि एउटाको हार अर्कोको जीत निश्चित छ । तर यहाँ फर्की फर्कीले जितेर पुजार सार्कीले हार्नु एउटाको जीत र अर्कोको हार हुने छैन पूरा फिल्म नगरीको हार हुनेछ । किन कि दुवै फिल्म सम्भावना बोकेका फिल्म देखिएका छन ।


यता वर्नआउटको अर्को ठूलो असर अभिनेता पल शाहमा पनि त्यतिकै छ । छ महिना लामो अनेक समाचार र एक बर्ष लामो कारागार बाट निस्किएर आफ्नो स्टारडम फर्काउन उनले कुनै कसर बाकि राखेनन । यो बीचमा दर्जनौ भिडियो पनि खेले , मायावी सहित पुजार सार्की र हाल रावायण फिल्म खेलिरहेका छन तर उनको स्टारडमको चार्म पहिले जस्तो छैन ।

फेक हाँसो र खुसीमा उनी स्टारडम जोगाउन कसरत गरेको गर्यै छन । तर जति कसरत गरेपनि पछिल्लो एक बर्ष उनका कुनै पनि म्यूजिक भिडियोले सफलता हासिल गरेनन । उनी पनि बर्नआउटबाट बाहिर निस्किने प्रयाशमा छन ।
कारागार जिवनपछि पलको पहिलो पटक रिलिज हुने फिल्मको भिडन्त यदि आत्मघाती भईदियो भने मानसिक अवस्था कस्तो अवस्थामा पुर्याउने हो कसैले सोचेको छैनन ।

त्यसैले त भनिन्छ मानिसको सवै भन्दा ठूलो सम्पत्ती बुद्धी हो अनि सवै भन्दा ठूलो हतियार धैर्य र सवै भन्दा ठूलो सुरक्षा विश्वास हो । तसर्थ बुद्धी लगाएर भबिष्यमा टिकी रहने बाटो राख्नु ,धैर्य गरेर आफ्नो स्टारडमको हतियार जोगाईराख्नु र आफ्नो करिअरको सुरक्षा गरेर बाँकी बचेको स्टारडमको विश्वास जनमानसमा जोगाईराख्नु नै सवै भन्दा उत्तम कदम हो । तर यहाँ कालो चश्मा लगाएर यि चार सुपरस्टार दौडिरहेका छन । मै राजा हो भन्ने फगत घमण्ड बोकेर ।
घमण्डले निम्तिरहेको दुश्मनी पनि त्यस्तो नहोस जव कि भोलिका दिनमा यदि दोस्ती भैहालेमा लज्जित हुन नपरोस । त्यसैले त प्रकाश सुवेदी बेला बेला रजतपटमा भन्छन ‘स्टारडम भनेको दुई दिनको चाँदनी फेरी अध्यारो रात ।’  उता आर्यन सिग्देल कुनै समयका चलेका स्टार तर फिल्म छनौट कमजोर संगै समयको रफतारले उनको क्रेज पहिले जस्तो छैन ।

लामो समय पछि उनी पुजार सार्कीमा देखिएर स्टारडम कमव्याक गराउँन खोज्दैछन । तर यो कम व्याक थोरै मात्र भयो भने पनि उनी पनि वर्नआउट फेजमा पुग्न सक्छन । प्रदीप खड्का दिमाग धेरै भएका कलाकार हुन तर उनको दिमाग पनि अनावश्यक प्रतिष्पर्धामा नै सिमित भईदिईरहेको छ ।

मूर्खले बदलाको भावना बोक्छ, बलवानले माफी दिन्छ अनि विद्धानले विर्सिन्छ । यो भनाईलाई प्रदीप जस्ता विद्धान अभिनेताले आत्मसाथ गरेको भए जेठ १० को आत्मघाती निर्णयबाट उनी जोगिन सक्थे ।
हुन त नेपालको थिएटर क्यापासिटी २ वटा फिल्म रिलिज गर्न सक्ने हैसियतका भईसकेका छन तर जे जति ठूलो भएपछि सो बाडिएर भईरहन लागेको व्यापार दुवै फिल्मका लागि घातक बन्ने देखिईएको छ ।

अहिले दुवै फिल्मको प्रचार प्रसार तिब्र भईरहेको छ । बुकिङ खुल्ला भैसकेको छ तर यि दुवै फिल्म मध्ये कुन फिल्म कति चल्छ भनेर फिल्म पण्डितहरुले समेत भबिष्यबाणी गर्न सकिरहेका छैनन । सवै अलमलमा छन । व्यापार कस्तो होला, सुपरस्टारहरुको भबिष्य कस्तो रहला भनेर सवै कन्फयुज्ड छन । तसर्थ हे, प्रभु, हे हरि रामकृष्ण, जगन्नाथ, प्रेमानन्द, हे फिल्म नगरी , हे दर्शक सुपरस्टारहरुलाई वर्नआउट हुन बाट जोगाईदेउ । किन कि ठूला ठूला एक्सिडेन्ट भएपछि मान्छे यहाँ ब्रान्डेड बन्दैन बौलाह बन्दछ । विन्ती जोगाईदेउ ।