काठमाण्डौँ । लोकप्रिय मोडल नीति शाहले डेब्यू गरेको फिल्म खजुरे ब्रोको ट्रेलर रिलिज भएको छ । तर जसका प्रमुख कारणले फिल्मको हाईप यहाँ सम्म पुग्यो उही कलाकारलाई ट्रेलरमा कम स्पेश दिईएको बिषयमा भने सञ्चारकर्मीहरुले प्रश्न गरेका छन ।

ह्यूमर श्रेणीमा निर्मित फिल्मको ट्रेलरमा नीतिलाई एक सिम्पल गर्लको रुपमा प्रस्तुत गरिएको छ । उनलाई ४ सटमा झलक्क र अर्को एक सिनमा एउटा मात्र डाईलग बोल्न लगाईएको छ ।
फिल्मको टाइटल रोलमा भने रेयर राईलाई देखाईएको छ । रेयरले खजुरे ब्रोको मुख्य पात्रको भूमिका निर्वाह गरेका छन । रेयरको अभिनय कला जीवन्त देखिएको छ । उनले अभिनय गर्न कुनै कसुर बाँकी नराखेको ट्रेलरबाट बुझन सकिन्छ ।
फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन । उनले नीतिलाई ट्रेलरमा कम देखाईएको बिषयमा स्पष्टीकरण दिदै भनेका छन ‘भोलि फिल्म हेरेपछि यो सवै प्रश्नहरुको जवाफ पाईने छ । दर्शकलाई कौतुहल्ता होस भनेर नै हामीले कम स्पेश दिईएका हौ । यो हाम्रो मार्केटिङ स्र्टरटजी अनुसार नै हो त्यसैले नीतिलाई सप्राईज प्याकेजमा राखिएको छ ।
यसैगरी नीतिले ट्रेलरमा थोरै दृश्यमा देख्दा चित्त नदुखेको बताउँदै भनेकी छिन ‘यो मेरो पहिलो फिल्म भएका कारण म एक दम खुसी छु । क्यारेक्टर वाईज स्क्रिप्टले जति भूमिका खोजेको छ त्यति दिएको छु र आफ्नो रोललाई जस्टिश दिन ट्राई पनि गरेको छु ।’
महेश त्रिपाठी, नविन मानन्धर, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, पवन लिम्बु, प्रकाश भुजेल, प्रेम सुब्बा, सुजता राई अभिनित खजुरे ब्रो यहि बैशाख २८ गते देखि सार्वजनिक प्रर्दशनमा आउँदैछ । हेर्नुहोस ट्रेलर
News Filmy Newsportal / Nepal


