काठमाण्डौँ । अभिनेता विराज भट्टको छोरालाई ब्याङ डेब्यू गराउँने तयारी सहित ठूलो क्यानभासमा बलिदान नामक फिल्म बनाउँन लागेका निर्देशक सन्तोष सेनको कम्पनीले मुख्य हिरोइनको अडिसन आह्वान गरेको छ ।
आसुसेन फिल्मसले आईतबार जारी गरेको विज्ञप्ती अनुसार बलिदानका लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने हिरोइनको खोजी गरेको हो । त्यस्तै जारी विज्ञप्ती अनुसार पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहका विभिन्न कलाकारको खोजी समेत गरिएको छ ।

यो अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारण सहित संवाद बोल्न सक्नुपर्नेछ । ग्रहयताका लागि पहिलो अवसर पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारलाई दिईने छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ ।
अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र What’s Ap नम्बर +977-9811840082 मा आफ्ना फोटो तथा बनाईएका विभिन्न प्रकारका भिडियोहरु पठाई सम्पर्क गर्न सकिने छ ।
’बलिदान’मा मेन प्रोटागोनिष्टका रुपमा विराजका छोरा समीर भट्टले डेब्यु गर्दैछन् भने सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्माको पनि मुख्य भूमिका रहेको छ । यसै वर्ष रिलिज लक्ष्य राखिएको फिल्मको ६० प्रतिशत सुटिङ हाल पूर्वी नेपालको इटहरीमा बनाईरहेको सेटमा हुनेछ ।
News Filmy Newsportal / Nepal

