बोक्सीको घरलाई बिहानबाटै ग्रिन सिग्नल : आजबाट प्रर्दशनमा

काठमाण्डौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म बोक्सीको घरले बिहानबाटै ग्रिन सिग्नल पाउँन सुरु गरेको छ ।

आजबाट देशब्यापी रुपमा प्रर्दशनमा आएको फिल्मले के कस्तो ओपनिङ विजनेशको गर्ला त्यो साँझ सम्म थाहाँ भईहाल्छ तर बिहानै देखि दर्शकको टिकट बुकिङ हेर्दा फिल्मलाई ग्रिन सिग्नल मिल्न थालेको अनुमान गरिएको छ ।

उता चितवन तर्फ पनि बिहानको पहिलो सोको बिजनेश राम्रो हुने संकेत देखिएको पत्रकार रवि अधिकारीले जानकारी दिएका छन । निकै नै अनुकरणीय कथालाई पर्दामा प्रस्तुत गर्न सफल भएकी अभिनेत्री केकीको यो फिल्मलाई प्रिमियर सोमा धेरै सेलिब्रेटीहरुले स्याबासी दिएका थिए ।

फिल्मले नेपाली समाजमा बोक्सीको प्रथालाई यसरी देखाएको छ कि मानौ यो फिल्म हेरिसकेपछि तपाईलाई केही न केही सोचमग्न अवश्य बनाउँछ । अस्ति काठमाण्डौँमा आयोजित फिल्मको प्रिमियर सोको दृश्य हेर्न यहाँ क्लिक गर्नुस ।