पल र पूजाको रावायणको सुटिङ जनकपुरबाट सुरु : पल शाहको डबल रोल

प्रियंका र निकिता पनि सँगै

काठमाण्डौँ । त्रेता युगमा भगवान रामकी धर्मपत्नी बनेकी माता सीताको जन्मभूमि जनकपुरबाट रावायणको सुटिङ सुरु भएको छ ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको तेश्रो पटकको समिकरणमा बन्न लागेको फिल्मलाई सुर्दशन थापाले निर्देशन गर्दैछन । सोमबारको शुभ साईतमा यूनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै सुटिङ थालेको हो । फिल्ममा पल शाह डबल रोलमा देखिने बुझिएको छ ।

सुर्दशन र पूजाको सहकार्यमा यस अघि म यस्तो गीत गाउँछु र त्यसको सिक्वेलमा बनेको थियो । पिक्चर क्वालिटी निर्माणमा निकैनै अब्बल मानिने निर्देशक थापाले ग्लशी मेकिङमा सधै उत्कृष्टता हासिल गर्दछन जसका कारण पनि पूजा शर्माको स्टारडम यहाँ सम्म पुगेको हो भन्दा फरक पर्दैन भन्दा पनि अत्तियुक्ति नहोला किन कि सुर्दशनले निर्देशन गरेका बाहेक पूजाले खेलेका जति पनि फिल्महरुको क्वालिटि हेर्ने हो भने ती फिल्महरुको क्वालिटी निकै कमजोर हुने गरेका छन ।

तराईका कलाकारहरुलाई समेत समेटर निर्माण आरम्भ गरिएको यो फिल्ममा प्रमोद अग्रहरी अर्को सहित अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री निकिता चाण्डक पनि देखिदैछन ।

फिल्ममा यि कलाकार बाहेक सुशान्त श्रेष्ठ, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल पनि खेल्ने मिडिया संयोजक कुमार आचार्यको भनाई छ । यहि बर्षको भदौं २१ गतेलाई रिलिज लक्ष्य राख्दै सुटिङ आरम्भ गरिएको फिल्मलाई सौरभ लामाले खिच्नेछन भने कोरियोग्राफी डिपार्टमेन्टलाई रामजी लामिछानेले नेतृत्व गर्नेछन । फिल्मको सम्पूर्ण सुटिङ तराई बेल्टमा गरिने र यो फिल्म टाइटल अनुसारको धार्मिक नहुने भन्दै निर्देशक थापाले स्पष्ट पारेका छन । ‘टाइटल मेटाफोर मात्र हो कन्टेन्ट धार्मिक हैन ।’ उनले भनेका छन ।