काठमाण्ठौँ । नेपाली फिल्म ईन्डष्ट्रीमा कुनै समय कान्छी प्रोड्यूसरका परिचित कृषा चौलागाईको निर्माण तथा डेब्यू निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज भएको छ ।
स्वास्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, राजाराम पौडेल, रविन्द्र झा, कोषिश क्षेत्री, शारदा गिरी तथा सरिता गिरी जस्ता चिर परिचित कलाकारहरुले खेलेको यस फिल्म आउँदो भदौं १४ गते देखि प्रर्दशनमा ल्याउने लक्ष्य सहित शुक्रबार अपरान्ह टिजर रिलिज भएको हो ।
टिजर हेर्दा लाग्छ फिल्मको मेकिङ र कन्टेन्ट उत्कृष्ट छ । कन्टेन्ट पनि चलन चल्तीका फिल्म भन्दा केही फरक रहेको महसुश गराएको छ टिजरले । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफीले फिल्मको क्वालिटी रिच बनाएको प्रस्ट देखिन्छ । कुनै एक दुई सर्टमा देखिएका दृश्य र प्रोडक्सन भ्यालु हेर्दा लाग्छ यो टिजरले दर्शकलाई पक्कै टिज गर्न सफल हुनेछ । हेर्नुस टिजर
News Filmy Newsportal / Nepal