बाथरुममा नमिलेपछि भर्याङमा एटेप्ट गरेका थिए सारुकले

अनुप भट्टराई

काठमाण्डौँ । अभिनेता सारुक ताम्राकारले सेकेन्ड एटेम्पटमा आत्महत्या गरेको खुल्नमा आएको छ ।

पारिवारिक श्रोत अनुसार बेलुकीको समयमा अन्य सदस्य भोजमा सहभागी हुने क्रममा सारुक घरमा एक्लै थिए । म्यूजिक सिस्टम बजाउँदै चार बोटल जति वियर पनि पिएका थिए । फस्ट एटेम्ट बाथरुममा नमिलेपछि  भएपछि सेकेन्ड ऐटेम्पट घरको भर्याङको रेलिङमा गरेको देखिन्छ । रेलिङमा उनी प्लास्टिको पाईपमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

जानकारी अनुसार सारुकको हाईट अग्लो अनि बाथरुम होचो भएका कारण पहिलो प्रयाश असफल भएपछि उनको दोश्रो प्रयाश घरको सिडीमा भएको हो । परिवारका एक सदस्य भन्छन । हामीले बाथरुम नियाल्दा सामानहरु छरपष्ट थिए शायद त्यहाँ उसको पहिलो एटेम्प्ट भएको हुन सक्छ ।

आजै अन्त्येष्टीको कार्यक्रम राखिएको सारुको डेड बडीलाई गए रातिनै प्रहरीले पोष्टमार्टमका लागि मुचुल्का उठाएर महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा पुर्याएको थियो । घटना स्थलमा सुसाइड नोट भए नभएको खुलेको छैन तर प्रहरीले उनको मोबाईल भने अनुसन्धानका लागि जफत गरेको छ ।

३१ बर्षीय उदाउदा अभिनेता सारुकको यो अवस्था किन र कसरी आयो भन्ने कारण अझै खुलिसेकेको छैन । उनीसँगै काम गरेका धेरै जसो कलाकार एवं प्राविधिकहरुसँग उनको बारेमा बुझदा प्राय सवैले उनी मिजासिलो, अरुलाई सम्झाउन सक्ने , हिम्मतिलो र स्ट्रोङ पर्सनालिटी रहेको बताएका छन ।

बिहिबार बिहान ५ बजे सम्म ह्यास ट्याग मायाको सुटिङमा रहेका सारुकले सेट छाडेर घर जाने बेलामा आफूले लगाएको सुनको सिक्री, औठी लगायतका सामग्री कन्टीन्यूटी पर्पर्टी हो भन्दै प्रोडक्सनलाई राख्न दिएको प्रोड्यूसर शर्मिला थापाले जानकारी दिएकी छिन ।

नाइट सुट सकिने वित्तिकै सवैले ताली पड्काएर सुटिङ प्याकअप भएको थियो तर बेलुका यस्तो खबर सुनेपछि हामी हिजो देखि निदाउन सकिरहेका छैनौ । प्रोड्यूसर थापा बताउछिन । यो फिल्मलाई थापाका श्रीमान राजिव गुरुङले निर्देशन गर्दै थिए । फिल्मको छायाँकन ४५ प्रतिशत मात्र सकिएको छ । कोभिड सुरु हुनु अघि देखियो यो प्रोजेक्टमा हाल सम्म ३ करोड बजेट खर्च भईसकेको छ ।