अनुप भट्टराई
काठमाण्डौँ । विवाह गरेको दश बर्ष पश्चात श्रीमानबाट अलग हुने निर्णयमा पुगेकी अभिनेत्री सारंगा श्रेष्ठलाई साथ दिन उनका बुवा अमेरिका पुगेका छन ।
न्यूज फिल्मीले केही दिन अघि सारंगा श्रेष्ठको वैवाहिक जीवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा भन्दै न्यूज सार्वजनिक गरेसँगै उनका बुवा अमेरिका जान लागेको खबर पनि सार्वजनिक गरेको थियो ।
समाचार अनुरुप सारंगाले यस्तो बेला पारिवारिक साथ खोज्न बुवालाई बोलाएकी हुन । बृद्ध भईसकेको बुवालाई लामो समय पछि भेट्दा सारंगाले एयरपोर्टमै बुवालाई अंगालो हालेर रोएकी थिईन । उनको साथमा छोरी रितिशा पनि सँगै थिईन ।
सारंगाले फाईनल्ली भन्दै एयरपोर्टमै बुवाको स्वागतमा एक भिडियो बनाएर फेसबुकमा पोष्ट गरेकी थिईन । दश बर्ष अघि १ फ्रेब्रुअरी २०१३ मा अमेरिकामै बस्दै आएका नेपाली युवा रमेश कार्कीका साथ कोर्ट म्यारिज गरेकी सारंगाको केही दिनमै श्रीमानसँग डिभोर्स डिक्लियर हुँदैछ ।