अनुराधा र ईन्दिरासँगै करिश्मा र पूजाकी आमालाई पनि सम्मान
अनुप भट्टराई
काठमाण्डौं । सरोज खनालको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ हेर्न आउने एकल महिलाहरुलाई फ्रिमा फिल्म हेर्न दिईने घोषणा गरिएको छ ।
बुधबार काठमाण्डौमा आयोजित बगानको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक सरोज खनालले देशभर रहेका कुनै पनि एकल महिलाले बगान हेर्न चाहेमा टिकट शूल्क नलाग्ने घोषणा गरे । ‘नेपालमा आजको मितिमा १५ लाख एकल आमाहरु हुनुहुन्छ र उहाँहरु मध्ये जो कोही हाम्रो फिल्म हेर्न चाहनु हुन्छ उहाँहरु कसैसँग टिकट चार्ज गर्दैनौ ।’
कार्यक्रममा उपसभामुख ईन्दिरा राना मगर, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पत्रकार बविता बस्नेत, सासंद मिना श्रेष्ठ र करिश्मा मानन्धरकी आमा कोमल केसी सहित पूजा शर्माकी आमा दुर्गा सापकोटालाई विशेष सम्मान गरिएको सन्दर्भ जोड्दै खनालले भनेका छन ‘ यि छ जना आमाहरुलाई आज गरिएको सम्मान जसरीनै १५ लाख एकल आमाहरुको सम्मानको लागि हामीले यो घोषणा गरेका हौँ ‘

आउँदो असार असार २९ गते देखि प्रर्दशन आउँन लागेको फिल्म बगानको मूल कथानै एकल महिलाको कथा र त्यसबाट उत्पन्न बाधा , विरोध र विद्रोह प्रस्तुत गरिएको छ ।
एकल महिलाको प्रमुख भूमिका करिश्मा मानन्धरले निभाएकी छिन । यसै फिल्मबाट डेब्यू गर्न लागेकी प्रमिला कार्की करिश्माको छोरी बनेर अर्को लिड रोलमा छिन । त्यसैगरी सरोज खनाल स्वयम सहित नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल यस फिल्मका सपोर्टिङ रोलमा देखिएका छन ।
सुरेश वाग्ले कार्यकारी निर्माता रहेको फिल्मको ट्रेलरको सिनेमाटोग्राफी पक्ष केही कमजोर देखिएपनि कन्टेन्ट भने बलियो बनेको अनुमान गर्न सकिन्छ । हेर्नुस फिल्मको ट्रेलर

News Filmy Newsportal / Nepal