काठमाण्डौं । दक्षिण कोरियाको पपुलर म्यूजिक ब्याण्ड विटिएसले आफ्नो स्थापनाको दश बर्षमा निकालेको नयाँ गीत टेक टू ले पुन साँगितिक बजार तताएको छ ।
नयाँ गीत रिलिज सँगै यो गीत बिलबोर्ड ग्लोबलको टप ९५ भित्र पर्न पनि सफल भएको छ । स्थापानको दश बर्ष पूरा भएको उपलक्ष्यमा हाल कोरियाको राजधानी सिओलका विभिन्न टावर, हल सहित १ सय २३ औँ अग्लो भवन लोटे वल्र्डमा समेत बैजनी कलर रंगिएका छन ।
सरकारले पनि विटिएसले सुटिङ गरेका विभिन्न लोकेशनलाई टुरिष्ट डेस्टिनेशनका रुपमा प्रस्तुत गर्दै टुरिष्ट स्पटहरु स्थापित गरिदिएको छ ।
संसारभर लोकप्रिय रहेको यो ब्यान्डले दक्षिण कोरियाको आर्थिक बृद्धिदरमा समेत निकै ठूलो रोल खेलेको बताईन्छ । सात जना गायक रहेको यो बैण्डमा किम नामजून (आरएम) , किम सोक जिन, मिन यूगि– (सुगा), जंग हो–सोक (जे–होप), पार्क जिमिन , किम तंहु –वी) जंगकूक छन जो अब अफिशियल्ली अलग हुँदैछन ।
कोरियाको नियम अनुसार १८ बर्ष पूरा भएर ३५ बर्षको उमेर सम्ममा शारिरिक रुपमा तन्दुरुष्त रहेका हरेक नागरिकले १८ देखि २१ महिना सम्म अनिवार्य रुपमा सेनामा भत्र्ति भएर देशलाई योगदान गर्नु पर्ने नियम छ भएका कारण यि विटिएसका ब्याण्ड मेम्बरहरु अलग हुन लागेका हुन ।
News Filmy Newsportal / Nepal