निर्देशक शोभित बस्नेतले राजकुमार अधिकारी र सुरज सरकारसँगको सहकार्यमा बनाएको फिल्म जय हो को टिजर रिलिज भएको छ ।
अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी , सलोन बस्नेत, माओत्से गुरुङ लगायत चिरि परिचित कलाकारको मुख्य भूमिका रहेको यस फिल्ममा फ्रेन्डसिप भित्रको लभस्टोरी भन्न खोजेको टिजरले देखाएको छ ।
प्रोडक्सन भ्यालु उच्च देखिएको टिजर हेर्दा लाग्छ शोभित बस्नेतले राम्रो टिम लिएर हेर्न लायक फिल्म बनाएका छन भन्ने सम्भावना बलियो देखिएको छ यस पटक । सौरभ लामाको सिनेमाटोग्रीमा फिल्मको मेकिङ कलरफूल देखिएको छ भने स्टोरीको न्यारेशनले केही गम्भिर कुरा भन्न खोजेको देखिन्छ । भदौँ ८ गते देखि रिलिज हुने यस फिल्मलाई पौरखी राईले निर्देशन गरेका हुन । हेर्नुस टिजर
News Filmy Newsportal / Nepal