पल शाहलाई सम्झेर दुर्गेशले बनाएको गीत रिलिज : बलेलाई लिएर बनाए यस्तो भिडियो

यो समाचार पढ्ने सवैलाई थाँहैनै छ होला पल शाह र दुर्गेश थापाको मित्रताको लेभल कुन हद सम्म थियो भनेर । त्यसैले त्यतातर्फ फोकस हुनु भन्दा पनि पल र दुर्गेशको सम्बन्धको उतार चढावमा सिर्जित एउटा गीतको बारेमा चर्चा गर्न चाहन्छौँ यतिखेर ।

पल शाह कारागारमा रहिरदा विविध आरोपका बाबजुत दुर्गेशले संगीत सिक्ने कामलाई थप निरन्तरता दिईरहेका थिए । फ्यानहरुको चर्को विरोधका बाबजुत नेपालनै छाड्ने मनस्तिथीमा समेत पुगिसकेका दुर्गेशले एक दिन पल र आफ्नो फ्रेण्डसिपलाई सम्झिएर एउटा यस्तो गीत लेखे जुन गीतबाट उनी आफू र पल शाहको बारेमा केही कुरा बाहिर भन्न चाहन्थे तर परिस्थितिले अनेकन मोडहरु लिए सँगै दुर्गेशले पल कारागारमा रहेका कारण प्रोजेक्ट निकाल्ने हिम्मत गरेका थिएनन ।

समय फेरियो, परिस्थती सामान्य बन्दै गयो अनि  पल शाह पनि बाहिर निस्किसकेपछि  दुर्गेशले त्यतिबेला तयार गरेको साथी गीत निकालेका छन यतिखेर  । उनले सागर लम्साल बलेलाई आफ्नो साथी बनाएर भिडियो तयार गरेका छन जहाँ छुवाछुतको कथालाई कन्फिल्क्ट बनाएर दुई साथीको सम्बन्धमा दरार ल्याउन खोजिएको देखाईएको छ ।

भन्छन नि बुझनेलाई ईशारा काफी भनेझै गीतका भाव उही पल शाहको कथालाई सम्झियो भने ठ्याक्कै बुझिन्छ । गीतमा प्रत्येक शब्दमा तपाईले दुर्गेश र पलको मित्रतालाई महशुस गर्न सक्नु हुन्छ । नत्र एक चोटी ध्यान दिनुसु यि शब्दमा गीतले भन्छ ‘सँगै सँगै केही गर्ने जोश थियो नत तेरो नत मेरो दोष थियो साथी साथी आज बर्जपात पर्यो म माथि ‘  ।  यो गीतमा दुर्गेश को मल्टी डाईमेन्सन फर्ममेन्स देख्न सकिन्छ । जस्तो कि गीतका शब्द पनि दुर्गेशकै , संगीत पनि दुर्गेशकै, निर्देशन पनि दुर्गेशकै अनि मुख्य अभिनय पनि उनकै । हेर्नुस गीत ।