काठमाडौं । रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन ।
कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट प्रकाश सपुत, स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी लगायत पनि प्रस्तुती दिनेछन ।
आउँदो असार २२ होटल याक एण्ड यतिमा हुन लागेको यस अवार्डमा उत्कृष्ट नव गायक गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पप गायक गायिका, उत्कृष्ट ब्यान्ड तथा उत्कृष्ट आधुनिक गायक र गायिका सहित पिपूल्स च्वाईस सहित नगद रु १ लाख अक्षरुपी सहितको लाईफटाईम अवार्ड प्रदान गरिनेछ ।
२०७८ साल साउनदेखि २०७९ साल साउन सम्म प्रसारण भएका गीतहरुबाट विभिन्न विद्या अन्र्तगत उत्कृष्ट मध्येका ५ जनाको मनोनयन यसै साता सार्वजनिक गर्ने तयारी समेत भईरहेको रेडियो कान्तिपुरका निर्देशक भूपेन्द्र खड्काले जानकारी दिएका छन ।
करिब ८० लाखको बजेटमा भब्यताका साथ हुन लागेको कान्तिपुरको नेश्नल म्यूजिक अवार्ड यस बर्षबाट थप पृथक र ब्यवसायिक ढंगमा बृहत गर्न लागेको सिईओ शिशिर पछाईले दावी गरेका छन । तस्बिर : महम्मद जलिम
News Filmy Newsportal / Nepal
