News & Gossip

‘आ बाट आमा’ मा उषा उप्रेती अनुबन्ध

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि साइन गराइएको हो। तर, उनले निभाउने चरित्रबारे निर्माण पक्षले गोप्य राखेको छ। यसअघि नै फिल्मका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, …

Read More »

‘रिमै’को शिर्षक गीत सार्वजनिक

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को शिर्षक गीत बुधबार सार्वजनिक भएको छ। आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्। गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने स्वर रिता …

Read More »

‘गुन्यु चोलो : द ड्रेस’ ले ट्रान्स समुदायको कथा बोलेको छ: निर्देशक भट्ट

काठमाडौं । नेपाली समाज अन्तरमुखी स्वभावको भएकोले धेरैले आफ्नो पहिचान दबाएर जीवन यापन गर्छन्। महिला मात्र नभई तेस्रोलिंगी समुदायका सदस्यहरूले पनि आफ्नो असली पहिचान दबाएर जीवन बिताउँछन्। यसै सन्दर्भमा, फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलरले पारालैंगिक पात्रको जीवन झल्काएको छ। ट्रेलरमा देखिन्छ कि छोरोको नेचर महिलाको छ, तर परिवार, …

Read More »

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ बुधबार बिहान युट्युबमा सार्वजनिक भएको छ। यो गीत ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा बजारमा आएको हो। तीज नजिकिँदै गर्दा हरेक वर्ष विष्णु माझीका गीतको प्रतिक्षा हुन्छ। वर्ष २०८२ को तीज गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीले शब्द …

Read More »

‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध

काठमाडौं। निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो।  यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्। ‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो,मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई फिल्ममा …

Read More »

‘जेरी अन टप’को गीत छायांकनका लागि भारत पुग्यो निर्माण टिम

काठमाडौं। आगामी असोज ३१ अर्थात तिहारको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको …

Read More »

‘माइतीघर’को शीर्ष गीतमा उत्कृष्ट नृत्य गर्नेले ५ लाख पाउने

काठमाडौं। आगामी असोज १३ अर्थात दशैंको फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । …

Read More »

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

काठमाडौं। दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार …

Read More »

‘महाभोज’ अब एमएसएम भिडियोमा

काठमाडौं।  गत जेठ ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। अब दर्शकले संसारभरबाट मोबाइल, टेलिभिजन वा कम्प्युटरमा घरमै बसेर हेर्न सक्नेछन्। दिनेश राउतको निर्देशनमा बनेको यो सामाजिक–राजनीतिक ड्रामाले सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीको कथा बोल्छ। विकास सुवेदीको कथा …

Read More »

‘रिमै’ फिल्मको प्रचारमा निर्माण टिमको सक्रियता

काठमाडौं। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा फिल्मको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न …

Read More »