अभद्र व्यवहार मुद्दामा पक्राउ परेका सागर लम्साल (बले) रिहा

काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। उनी शुक्रबार हाजिरी जमानीमा रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। यद्यपि उक्त आरोपसम्बन्धी औपचारिक उजुरी भने दर्ता भएको छैन।

उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो। उनलाई पाँच दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो।

Leave a Reply