फिल्म ‘शिवांश’को ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत स्वयं राजनराजले भरेका छन् । लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।

गीतमा प्रेमी–प्रेमिकाबीचको तारिफ, भाग्य, मायामोह, प्रेम र आकर्षणलाई समेटिएको छ । गीतको भिजुअल पक्षमा पनि निर्माणपक्षले मेहनत गरेको देखिन्छ । विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय देख्न सकिन्छ ।

महाशिवरात्रिको अवसर पारेर फिल्म ‘शिवांश’ फागुन १ गते रिलिज हुने तयारीमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । यो उनको डेब्यु निर्देशन हो । फिल्मका निर्माता अञ्जान केसी हुन् ।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । साथै विकास जोशी, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । स्क्रिनप्ले बारत लिम्बूको रहेको छ ।

फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।

द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफर विक्रम चौहान हुन् । सरद महतो डीओपी रहेको फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन् । पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

Leave a Reply