अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ । अन्य केहि कलाकार बिचमा जोडिदै जानेछन् ।
फिल्म ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । ‘कमेडी दरबार’कै निर्देशकद्धय बिक्की र श्रृद्धाले नै फिल्मलाई निर्देशन गर्दैछन् भने फिल्मको लेखक पनि बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारी हुन् । यस्तै फिल्ममा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन् । फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन्।
निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो । जुन पोस्टरका कारण पनि फिल्मको कथा रहस्यमय रहेको बुझन् सकिन्छ । फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ।