‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक

काठमाडौं। असोज १३ गते अर्थात् दशैँको फूलपाती बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत सार्वजनिक गरिएको हो।

गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउतसहित फिल्मका प्रमुख कलाकार प्रस्तुत भएका छन्।

विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन्।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ। फिल्म दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउनेछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश गरिएको छ।

Leave a Reply