काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीको अवसरमा रिलिज हुने फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको समावेश रहेको देखिन्छ, जसले दर्शकलाई आकर्षित गर्ने काम गरेको छ। फिल्म पारिवारिक कथामा आधारित छ र मिलन तामाङको निर्देशनमा बनेको हो।
फिल्ममा प्रमुख कलाकारका रूपमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, बुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा र रजनी गुरुङ जस्ता प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ। ट्रेलरमा केदार प्रसाद घिमिरेको कमेडी अभिनय निकै प्रभावशाली देखिएको छ।
फिल्ममा तामाङ संस्कृतिको गहिरो समावेशीकरण पनि गरिएको छ। स्वर्गीय जयदेवको संगीत, कविराज गहतराज र किरण थापाको कोरियोग्राफी तथा समिर मिया र सत्यम रानाको भीएफएक्स ले फिल्मको प्रस्तुति अझ आकर्षक बनाएको छ।
ट्रेलरका आधारमा फिल्म दशैंको समयका लागि एकदमै उपयुक्त देखिन्छ र दर्शकको मन जित्ने सम्भावना पनि उच्च छ।
News Filmy Newsportal / Nepal