अस्कर अवार्डका लागि नेपालबाट अञ्जिला सिफारिसमा

काठमाण्डौँ । आगामी वर्ष हुने ९८औं अस्कर अवार्डका लागि नेपालको तर्फबाट फिल्म ‘अञ्जिला’ सिफारिसमा परेको छ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा प्रतिस्पर्धाका लागि ‘गुन्यो चोलो (द ड्रेस)’ र ‘अञ्जिला’ दुई नेपाली फिल्म प्राप्त भएका थिए। दुवैको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई आधार मानेर अन्ततः *अञ्जिला* चयन गरिएको हो।

यससँगै ‘अञ्जिला’ अब ९८औं अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ। 

मिलन चाम्सको निर्देशनमा बनेको अञ्जिला गत बर्ष प्रर्दशनमा आएको फिल्म थियो जसले घरेलु बक्स अफिसमा करिब १० करोडको हाराहारीमा व्यापार गरेको थियो । नेपाली महिला फुटवल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जिवनीमा आधिरित फिल्मलाई प्रेम कुमार श्रेष्ठले निर्माण गरेका हुन । 

Leave a Reply