काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्।
गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्।
सार्वजनिक गीतमा प्रेम र विछोडको पीडा समेटिएको छ, जसले दर्शकको मन छोएको छ।
‘गुनासो’ गीत प्रदीप चापागाईंको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।