काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’को अग्रीम टिकट बुकिङ सुरु भएको छ। बुधबारदेखि खुलेको टिकट बिक्री बिहीबार साँझसम्मै देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म शो निकालिएको छ।
बुधबार सम्पन्न प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाको प्रभाव हलहरूले दिएको शोमा देखिएको निर्माण टिमको भनाइ छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको यस फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १८ शो दिएको छ।
त्यस्तै, देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो दिएको छ। वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो र सिने डी सेफले २ शो उपलब्ध गराएका छन्। हलमा दर्शकको चाप बढे थप शो बढाइने जनाइएको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङसहित बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको कथा शैलेन्द्र ध्वज कार्कीले क्यामेरामा कैद गरेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।
निर्देशक खिलबहादुर गुरुङले निर्देशन गरेको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशन, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङ सम्पादनमा छन्। फिल्म ‘रिमै’ भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal