काठमाडौं । निर्देशक मिलन आले मगरको निर्देशनमा नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ । सामाजिक प्रेमकथामा आधारित यस फिल्मको छायांकन दशैं लगत्तै सुरु गरिने जानकारी दिइएको छ ।
रोशिका फिल्मसको प्रस्तुति रहने यस फिल्मका कलाकार र प्राविधिक टिमबारे भने केही दिनमै सार्वजनिक गरिने निर्देशक आले मगरले बताएका छन् । एकराज थापा निर्माताका रूपमा आवद्ध यस फिल्मको कथा पनि थापाले नै लेखेका हुन् ।
यसअघि ‘लक्ष्य’, ‘सत्या’, ‘हिड्दा हिड्दै’ जस्ता फिल्म निर्देशन गरेका आले मगरले नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन् ।