कात्तिक २८ मा नेपाल–भारतमा रिलिज हुँदै सुरक्षा पन्तको ‘धागो’

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते नेपाल र भारतका सिनेमा हलमा एकसाथ रिलिज हुने भएको छ। फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथालाई केन्द्रमा राखेको छ।

उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्म सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई प्रस्तुत गर्छ। फिल्ममा सुरक्षा पन्तसँगै प्रभात थापा र सुरभी थापा प्रमुख भूमिकामा देखिने छन्।

चलचित्रको छायाङ्कन बलिउडका अनिकेर एम. घोघ, सम्पादन अखिलेश राय, सङ्गीत पुष्पन प्रधानले गरेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतको केमियो रहेको छ।

‘धागो’ लाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो भने नेपालमा वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave a Reply