काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माण गर्न लागेका नेपाली फिल्म ८‘मालती मंगले’८ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ । बिहीबार राजधानीको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए ।
यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै फिल्मको छायाङ्कन सुरु गरेका थिए । निर्माता समेत रहेका ढकालले शुभमुहूर्त कार्यक्रममा “राम्रो र स्तरीय फिल्म निर्माण गर्ने प्रतिबद्धता” व्यक्त गर्दै नेपाली समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गरिने बताए ।
कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरे ।
फिल्ममा विजय, वर्षा र मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशन प्रकु पाण्डेयले गर्ने फिल्मको कथा स्वयं पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन् ।
कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार फिल्मको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ । छायाङ्कन कार्य शनिबारदेखि सुरु हुने तयारी छ ।
रानी म्युजिक इन्टरनेशनल प्रा।लि।को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस फिल्मका निर्माता गायक रामकृष्ण ढकाल हुन् । सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन् ।
फिल्ममा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार र रङ्ग संयोजक कृष्ण भण्डारी रहेका छन् । गीत राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदले लेख्नेछन् भने सङ्गीतमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले काम गर्नेछन् ।
त्यसैगरी, फिल्ममा कस्ट्युम डिजाइन रवि पोखरेल, कला निर्देशन मनोज बोगटी, प्रोडक्सन डिजाइन रिजन परियार तथा प्रमुख सहायक निर्देशन शिशिर पोखरेल रहने जनाइएको छ ।