काठमाडौं। अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजना गरिएको तीज महोत्सव सुरु भएको छ। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छन्।
महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य र तीजसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ।
अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा साँझ दुईवटा स्टेज प्रदर्शन हुने तयारी गरिएको उनले बताए।
आयोजकले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेका छन्। महोत्सवले नेपाली संस्कृति संरक्षण र प्रवद्र्धनसहित समुदायबीच आपसी भेटघाट र सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal