जमलको विश्वज्योति सिनेप्लेक्स आइएनआई सिनेमाजअन्तर्गत

काठमाडौँ। जमलस्थित पुरानो फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजअन्तर्गत गएको छ।

शुक्रबार भएको सम्झौतामा आइएनआई सिनेमाजका सीइओ गृहेन्द्र मुनाकर्मी र सीओओ सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफसँग हस्ताक्षर गरेका छन्। सम्झौतापछि हललाई ‘आइएनआई सिनेमाज–विश्वज्योति’ नाम दिइने भएको हो।

यससँगै आइएनआई सिनेमाजका मल्टिप्लेक्स संख्या पाँच पुगेका छन्। यी हलमा १० पर्दा र १ हजार ८६६ सिट क्षमता रहेको कम्पनीले जनाएको छ।

आइएनआईले सन् २०१९ मा गोंगबुस्थित ल्होत्से हलमार्फत फ्रेन्चाइज सञ्चालन सुरु गरेको थियो। हाल यसले नयाँ बानेश्वरको एनबी सेन्टर, बुटवलको क्यूबक्स र सिमराको केएसआर मल्टिप्लेक्स पनि सञ्चालन गरिरहेको छ।

क्यूएफएक्सपछि आइएनआई मुलुककै दोस्रो ठूलो मल्टिप्लेक्स चेन मानिन्छ।

Leave a Reply