जीवन लुइटेल सात वर्षपछि ‘सकम्बरी’मार्फत कमब्याक

काठमाडौं। सात वर्षदेखि अमेरिकामा बस्दै आएका नायक जीवन लुइटेल नेपाली फिल्ममा पुनः फर्किने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले ठूलो पर्दामा कमब्याक गर्ने जनाइएको छ।

निर्माण पक्षका अनुसार जीवनसँग औपचारिक सम्झौता भइसकेको छ। हालै एकेडेमीमै मञ्चन भएको नाटक ‘शिरिषको फूल’ मा अभिनय गर्न नेपाल आएका उनले सोही अवसरमा फिल्म साइन गरेका हुन्। फिल्ममा उनले नाटककै पात्र ‘सुयोगवीर’को भूमिका निर्वाह गर्नेछन्।

यसै फिल्मका लागि अभिनेता अपर्ण थापा पनि अनुबन्ध भएका छन्। उनी भने ‘शिवराज’ पात्रका लागि तय भएको निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन तिहारपछि हुने तयारी छ।

एकेडेमीले ‘सकम्बरी’ ले ‘शिरिषको फूल’ का पात्रबाट प्रेरणा लिए पनि कथा भने फरक रहने स्पष्ट पारेको छ। अमेरिका बसाइका कारण लामो समय पर्दाबाट टाढिएका जीवनको कमब्याक चर्चामा रहँदै आएकोमा अन्ततः ‘सकम्बरी’ बाट औपचारिक भएको छ।

Leave a Reply