निताले बनाउने फिल्म पार्वतीका दुई लुक्स सार्वजनिक

काठमाडौं।  अभिनेत्री निता ढुंगानाले बनाउन लागेको फिल्म पार्वतीको लुक्स सार्वजकिन गरिएको छ । रक्षा बन्धनको अवसरमा नीता आफै मुख्य भूमिकामा खेल्ने र निर्देशन गर्ने गरी दुई लुक्स सहितको फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन ।  यो फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

पहिलो पोस्टरमा ढुंगाना पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन् भने दोस्रोमा गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अदा दिएकी छन्।

फिल्मको कथा ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सावित्रा, अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना छन्।

निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो। असोजबाट छायांकन सुरु हुने फिल्मको बाँकी कलाकार र प्राविधिकबारे चाँडै जानकारी दिइनेछ। फिल्म उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले तथा बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।

Leave a Reply