अस्ट्रेलियाका बिभिन्न शहरमा ‘अञ्जिला’ को स्क्रिनिङ हॅुदै

काठमाडौं । गत बर्ष घरेलु बक्स अफिसमा झण्डै दश करोडको हाराहारीमा ब्यापार गरेको फिल्म अञ्जिला को अस्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । फिल्मको प्रवर्द्धन गर्न हाल अस्ट्रेलिया पुगिसकेका निर्माता प्रेम कुमार श्रेष्ठले दिएको जानकारी अनुसार बिबिध कारणले अस्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गर्दै अञ्जिला देखाइने बताए । यसकालागि फिल्मकी मुख्य कलाकार एव खेलाडी एन्जिला तुम्बापो लाई समेत अस्ट्रेलिया झिकाइने तयारी भैइ रहेको निर्माता श्रेष्ठले जानकारी दिएका छन । मिलन चाम्स निर्देशित अञ्जिलाको आगामी साता अगस्ट १३ मा ब्रिसबेनको Five Star Cinemas New Farm मा पहिलो सो हुदैछ भने त्यही हलमा अगस्ट २१ मा दोस्रो शो र अगस्ट २३ को सॅाझ Reading Cinemas Auburn मा र क्रमश मेलबर्न , पर्थ , डार्बिन र न्यु क्यासलमा सो राखिने निर्माता श्रेष्ठको भनाई छ ।

Leave a Reply