काठमाडौं। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्म ‘मोहर’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा शोज पाएको छ। चुम्बन जंग शाहीको निर्माण तथा ओम प्रतिकको लेखन–निर्देशनमा बनेको फिल्मको बुकिङ केही हलले मंगलबारदेखि नै खुलाएका थिए भने अधिकांश हलले बुधबारबाट बुकिङ सुरु गरेका छन्।
फिल्मलाई इलाइट सिनेमा इटहरीमा ४ शोज, वान सिनेमाज नयाँबानेश्वरमा ४, सीडीसी सुनधारामा ४, बीएसआर मुभिज गोंगबुमा ३, क्यूएफएक्स सिभिल मल, सिटीस्वायर, एपेक्स मल, ट्रेड मल पोखरा, कावासोती सिनेमाज, पाथिभरा सिनेप्लाजा लगायतका हलमा २ देखि ३ शोजमा प्रदर्शनको तयारी भइरहेको छ। अझै पनि थुप्रै मल्टिप्लेक्सहरूले समय तालिका सार्वजनिक गरिनसकेकोले फिल्मले अझ शोज पाउने सम्भावना रहेको छ।
देउकी प्रथामा आधारित कथामा निर्माण गरिएको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मालगायतका कलाकारको अभिनय छ।
गीत, ट्रेलर र विषयवस्तुका कारण फिल्मले बक्स अफिसमा सकारात्मक ओपनिङ गर्ने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal