काठमाडौँ । चर्चित ‘कबड्डी’ फिल्म फ्रेन्चाइजीको पाँचौं भागको छायांकन आगामी दशैं सकिएपछि सुरु हुने भएको छ। निर्माता तथा निर्देशक रामबाबु गुरुङले मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर निरन्तर रहने बताए भने केही कलाकारमा परिवर्तन हुन सक्ने संकेत दिए।
अभिनेता विजय बरालले भने, “टीकाको भोलिपल्टै मुस्ताङतिर जाने तयारी छ, तिहारसम्म छायांकन चल्नेछ।”
अघिल्ला चार भागले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरिसकेका छन्।
त्यसैगरी बाँसरी फिल्म्सको अर्को बहुप्रतीक्षित फिल्म ‘जारी’ को दोस्रो भाग संविधान दिवस (असोज ३) मा प्रदर्शन हुने तयारीमा छ।
News Filmy Newsportal / Nepal