काठमाडौँ । लोकप्रिय हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पशुपतिमा जारी ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सोमबार, उनले आगामी फिल्म ‘माग्ने राजा’ को प्रचारका क्रममा महायज्ञस्थलमा पुगेर उक्त सहयोग गरेका हुन्।
उनसँगै फिल्म युनिटका अन्य कलाकार— अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, र लेखक सामिप्य तिमल्सिना पनि महायज्ञमा उपस्थित थिए।
मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापनाका लागि महायज्ञ आयोजना गरेको हो।
यसअघि शनिबार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन्। त्यस्तै, अभिनेता पल शाह, रमेश उप्रेती, सरोज खनाललगायतका कलाकार पनि महायज्ञमा उपस्थित भइसकेका छन्।
News Filmy Newsportal / Nepal