काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचार अभियान तीव्र भइरहेका बेला निर्माण टिमले अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको यो गीत सार्वजनिक गरेको हो।
गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको छ। नेपाली मौलिकता झल्काउने यस गीतले फिल्मको कथा–भावलाई थप सशक्त बनाउने विश्वास निर्माण टिमले लिएको छ।
यसअघि सार्वजनिक गरिएको ट्रेलरले गरिबी, बेरोजगारी, पारिवारिक समस्याहरू र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरेर दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लगायत कलाकारहरूको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यही फिल्मबाट डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्। अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माता हुन्।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, र बन्दे प्रसादको सम्पादन रहेको छ।
News Filmy Newsportal / Nepal