डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘ताराहरू’को फाइनल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूलाई प्रस्तुत गरिएको छ ।

यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भइसकेका थिए भने यो पोस्टर अन्तिम संस्करण भएको निर्माण पक्षले जनाएको छ ।

पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ । अभिनेत्री मेनुका प्रधानको पात्र भने केही भिन्न विशेषता बोकेको देखिन्छ ।

निर्देशक शर्मा अनुसार फिल्म ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेष गरी शहरको निम्न मध्यम वर्गीय परिवारको संघर्षलाई फिल्मले प्रस्तुत गर्नेछ ।

फिल्मको निर्देशन स्वयं शर्माले गरेका हुन् । फिल्ममा आशान्त र मेनुकासँगै कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु र विकास खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी निर्माताको रूपमा रहेका छन् । फिल्म वेज प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

Leave a Reply