‘माइतीघर’को फस्टलुक सार्वजनिक

काठमाडौँ। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्टलुक रिलिज गरिएको छ। मिलन तामाङ निर्देशित फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता हुन्।

फिल्मको कथा चन्द्रकुमार दोङको रहेको छ भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्। सुशन प्रजापतिको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको यस फिल्ममा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका गीत छन्। संगीतमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको योगदान छ।

फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन्। दशैंको फूलपातिको अवसर पारेर असोज १३ देखि देशभर प्रदर्शन हुने तयारी रहेको निर्माता रोहित अधिकारीले बताएका छन्। उनले फिल्मलाई उत्कृष्ट बनाउन प्रचारप्रसारमा कुनै कमी नराख्ने बताएका छन्।