काठमाडौँ। चर्चित टेलिभिजन सिरियल भद्रगोल का निर्माता–निर्देशक अर्जुन घिमिरे (पाँडे) ले डेब्यु फिल्मको रूपमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त साउन १५ गते ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा सम्पन्न गरेका छन्।
गत वर्षसम्म टेलिशृङ्खला सक्किगोनि निर्देशन गर्दै आएका अर्जुनले गत वर्ष ‘लाज शरणम्’ नामक फिल्म प्रदर्शन गरेका थिए, जसमा उनले मुख्य भूमिका पनि निर्वाह गरेका थिए। सो फिल्म सफल भएपछि उनी निर्देशनतर्फ सक्रिय भएका हुन्।
‘झरीपछिको इन्द्रेणी’ मा सक्किगोनि टिमकी प्रियाना आचार्य (मुन्नी) मुख्य कलाकारका रूपमा रहने छन् भने गणेश उप्रेती नेपाली फिल्ममा पुनः कमव्याक गर्दैछन्। निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकार पनि फिल्ममा सहभागी छन्।
फिल्मको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा ४५ दिनको सेड्युलमा सुरु भइसकेको छ। कथा कुमार व्यञ्जनकारको रहेको छ भने पटकथा अर्जुन र विशाल घिमिरेले तयार पारेका हुन्।
पशुपति शिवजी इन्टरटेन्मेन्ट ब्यानरमा बन्ने फिल्मको छायांकन बुद्ध थापाले गरेका छन्। लगानी सुशील कडरियाको रहेको छ। फिल्मको गीतमा रास्वापा नेता गणेश कार्कीको शब्द तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप पनि रहनेछ।
शुभमुहूर्त कार्यक्रममा मेयर बालेन शाहकी पत्नी सविना काफ्ले उपस्थित भई सफलताको शुभकामना दिइन्।
News Filmy Newsportal / Nepal