काठमाडौँ। बलिउड फिल्म सैयाराले बक्सअफिसमा अपेक्षाभन्दा निकै राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको ११ दिनमै फिल्मले भारतमा २६०।२५ करोड नेट कलेक्सन गर्दै हलिउड स्टारहरूलाई पनि टक्कर दिएको छ।
दोस्रो शुक्रबार १८।५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९।५० करोड कलेक्सन गर्दै फिल्मले दोस्रो सातामा पनि शानदार पकड जमाएको देखिएको छ।
पहिलो हप्तामा १७५।२५ करोड कमाउने फिल्मले दोस्रो हप्ताको शनिबार र आइतबारको आम्दानीमा नयाँ कलाकारको फिल्मकै लागि उच्च कीर्तिमान बनाएको छ।
पहिलो हप्ताको तीन दिनमै सैयाराले ८४ करोड नेट कमाएको थियो। पहिलो शुक्रबार २२ करोड, शनिबार २६।२५ करोड र आइतबार ३५।७५ करोड कलेक्सन गर्दै यसले बलियो सुरुआत गरेको थियो।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, सैयारा अब तीन सय करोड क्लबमा प्रवेश गर्ने नजिक छ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन्। अहान पाण्डे र अनित पड्डा फिल्मका मुख्य कलाकार हुन्, जसको अभिनय र केमिस्ट्री दर्शकले मन पराइरहेका छन्।
News Filmy Newsportal / Nepal