काठमाडौँ। गायक डेभिड शंकरको स्वरमा नयाँ तीज गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एक चोटी’ सार्वजनिक गरिएको छ।
गीतको शब्द दीपक शर्मा र डेभिड शंकरले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ।
गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पवी, कुसुम शर्मा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन्।
भिडियोलाई देव दोर्जे लामाले छायांकन गरेका हुन् भने सम्पादन प्रविन भट्टराईले गरेका छन्।
तीजको अवसरमा सार्वजनिक गरिएको यस भिडियोलाई दर्शकले रुचाइरहेका छन्।
गीत गायक डेभिड शंकरकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
News Filmy Newsportal / Nepal