पाँच देशको ट्रेन्डिङमा ‘मोहर’को ट्रेलर

काठमाडौँ।  फिल्म मेकर्स प्रा. लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे चार लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित पाँच देशमा युट्युब ट्रेन्डिङमा समेत परेको छ।

युट्युबको ‘मुभी ट्रेलर’ सेक्सनअनुसार यस चलचित्रको ट्रेलर नेपालमा दोस्रो स्थानमा छ। यस्तै, मलेसियामा १७औँ, जापानमा २७औँ, युएईमा १८औँ र कतारमा पाँचौँ स्थानमा ट्रेन्डिङमा रहेको छ। करिब २० हजारभन्दा बढी लाइक पाएको यस ट्रेलरमा तीन हजार चार सयभन्दा बढी प्रतिक्रियाहरू प्राप्त भएका छन्, जसको अधिकांश सकारात्मक छन्। दर्शकहरूले अपेक्षाभन्दा उत्कृष्ट ट्रेलर आएको प्रतिक्रिया दिएका छन्।

चुम्बन जंग शाहीको निर्माण तथा ओम प्रतिकको लेखन–निर्देशनमा तयार भएको यस चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले देउकी प्रथाको कथा प्रस्तुत गर्नेछ। ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स र थ्रिलको मिश्रण देखिन्छ। साथै, चलचित्रले दर्शकलाई भावनात्मक रूपमा प्रभावित गर्ने आभास दिएको छ।

सामाजिक सञ्जाल टिकटकमा पनि ‘मोहर’को ट्रेलरलाई दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। ट्रेलरको सकारात्मक समीक्षाले दर्शकको उत्साह बढाएको र यसले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा निर्माण भएको छ

Leave a Reply