काठमाडौँ। दीपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘चोर्यो मायाले’ सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ।
माया, प्रेम र धोका विषयवस्तुमा आधारित गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा दीपकराज विश्वकर्मा, आश्मा विश्वकर्मा र बिजु पाकीको अभिनय देख्न सकिन्छ।
भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन्। गीत गायक नारायण गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’ बाट सार्वजनिक गरिएको हो।
News Filmy Newsportal / Nepal
