काठमाण्डौँ । युवापुस्तामाँझ निकै लोकप्रिय रहेका गायक सज्जनराज बैद्यको नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझी बेहुली बनेर देखिएकी छिन ।
गत बर्ष एक्टर टेक वानबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको यो पहिलो म्यूजिक भिडियो हो । सार्वजनिक गीतको एक लाईन यतिखेर टिकटकमा भाइरल समेत हुन थालेको छ । रिलिजको २४ घण्टा नपुग्दै ६ लाख प्लस भ्यूज युट्युबमा प्राप्त गरिसकेको यस गीतको मुख्य हुकलाईन अब जन्ती बोलाई मेरी बेहुली बनाई… सर्वाधिक हिट भएको छ । टिकटकमा यो लाईनमा करिब ५० हजार भिडियो बनिसकेका छन ।
आफ्नी प्रेमिकाको परिवारलाई फकाएर बिहे गरेको रोचक भिडियो कथा यो गीतमा देखाईएको छ । भिडियोलाई नयन राईले निर्देशन गरेका हुन जहाँ सज्जनकै शब्द, संगीत र स्वर सुन्न पाईन्छ । हेर्नुस गीत ।
News Filmy Newsportal / Nepal