संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल

काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन ।

मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ ।
९ दिन अघि सार्वजनिक सारिकाको नयाँ गीत टिकटकमा सुपर भाइरल हुँदा कलाकार , ईन्फ्लोएन्सर देखि ठूला–साना व्यावसाय गर्ने व्यावसायीहरुले समेत उनको गीतमा आफ्ना प्रोडक्टको प्रचार गरिरहेका छन ।

कलाात्मक शब्दमा मिलेका राईमिङमा निर्मित सारिकाको यो वियोगान्त गीतको मुखडा देखि अन्तराका हरेक लाईनहरु टिकटकमा भाईरल छन । विशेष गरी पहिलो लाईन गुन भुलेउ पित्तलको सुन पायौ होल… लाइनमा ३ लाख भन्दा बढी टिकटक युर्जसले भिडियो बनाएका छन । यो बाहेक अन्य लाईनमा पनि हजारौको संख्यामा टिकटक भिडियो बनिरहेको छ तर टिकटकमा लाखौ भिडियो बनिरहदा सारिकाको आफ्नो कमाई हुने च्यानलमा भने गीतको भ्यूज बल्ल १२ लाख नाघेको छ ।

कुनै समय नेपाली फिल्ममा नायिका बन्ने चाहना बोकेर केही फिल्ममा समेत अभिनेत्रीका रुपमा देखिएकी सारिकाले रजतपटमा अपेक्षित सफलता हासिल नगरेपछि उनी गायिका बनेर दर्शक श्रोता माँझ देखिईन र फलस्वरुप साँगितिक करिअरको ८ बर्ष पछि उनले आज आएर ठूलो सफलता प्राप्त गरेकी हुन ।

उनको नयाँ गीत उनकै शब्द रचना, संगीत र गायनमा तयार भएको हो । जसको भिडियोमा उनी आफै फिर्चर्ड छिन तर मेकिङ चाँहि सिम्पल छ भडियोको । यध्यपी भिडियो सिम्पल भएपनि अडियोको शब्दहरु बलियो हुँदा उनको गीतले हिट भईरहेका अन्य फिल्मी तथा ननफिल्मी गीतहरुलाई पछि पार्ने संकेत देखाएको छ । हेर्नुस गीत