राजावादी आन्दोलनका कारण ‘महाभोज’ को प्रर्दशन स्थगित

काठमाडौं, – भोलि जेठ १५ गतेदेखि देशव्यापी प्रर्दशनको तयारीमा रहेको फिल्म  ‘महाभोज’ को प्रर्दशन अन्तिम समयमा आएर स्थगित गरिएको छ।

निर्माण युनिटले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर फैलिएको विषम परिस्थिति र आन्दोलनको कारणले गर्दा फिल्म तत्कालका लागि प्रर्दशन नगरिने जानकारी गराएको हो। युनिटले भोलिदेखि सुरु हुन लागेको राजावादी आन्दोलनकेही दिनभित्रै सम्भावित यातायात व्यवसायीहरुको आन्दोलन लाई पनि मध्यनजर गरेर दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै यो निर्णय लिनुपरेको उल्लेख गरिएको छ। यूनिटद्धारा जारी विज्ञप्ती यस्तो छ।