काठमाण्डौँ । आमाको लागि राम्री बुहारी खोज्ने कथामा आधारित फिल्म जन्तेबाख्रोको ट्रेलर सार्वजनिक भएको छ ।
कमेडी, ईमोशन र रिभेन्ज तिनै संयोगलाई फ्युजन बनाउँदै फिल्मको ट्रेलर निकालिएको छ जहाँ अभिनेता सौगात मल्लले खोट नभएकी भन्दा पनि चोट खाएकी श्रीमती खोजिरहेका छन ।
रिभेन्जमा कमले पात्र सौगातले रिजेक्ट गरेका अन्य तीन अभिनेत्री सहायक भूमिकामा रोचकता थपेका छन । फिल्मकी मुख्य हिरोइन गरिमा शर्मा हुन । स्टोरीमा भिलेन बनेर आसिफ शाह उपस्थित छन जसले कथामा केही मुख्य ट्वीष्ट ल्याउने काम गरेका छन । हिरोको आमाको भूमिकामा रमा थपलियाको उपस्थिती सुहाउँदो छ ।
हिरोइनको बुवाको सशक्त रोलमा लोकेन्द्र लेखक छन । कमर्शियल पावर देखिएको ट्रेलर टाइटल अनुसार लयबद्ध तरिकाले निकालिएको छ । ट्रेलरको सुरुवातमा गरिमाको ईन्ट्री हुनेबेलामा सौगातको डाइलग र ट्रेलरको अन्त्यको झलक ट्याग सटमा राखिएको पावरफूल कमेडी दृश्यले दर्शकको ध्यान पूर्ण रुपमा खिच्दछ । फिल्म जेठ २३ देखि प्रर्दशन हुँदैछ हेर्नुस ट्रेलर
News Filmy Newsportal / Nepal
