बलिदानका मुख्य साहायक निर्देशकले ‘द ब्लु लाइट’ बनाउँने

काठमाण्डौँ । निर्माण ताका देखिनै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म बलिदानका लेखक तथा मुख्य साहायक निर्देशक बलिराम चौहानले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन ।

निर्माण पक्षले दिएको जानकारी अनुसार बलिले निर्देशन गर्ने फिल्मको नाम ‘द ब्लु लाइट’ राखिएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । फिल्मलाई’ नरेन्द्र मैनालीले खिच्नेछन् ।

सन् २०२५ भित्रै रिलिज गर्ने तयारीका साथ प्रि प्रोडक्सन सुरु गरेका निर्देशकले थिम पोष्टर समेत सार्वजनिक गरेका छन जहाँ निलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । जिङरिङ्ग कपाल छ । उनको अगाडि निलो कलर छ । निलो बादलजस्तो पनि देखिन्छ । बालिकाको गेटअप र अवस्था हेर्दा उनी विछिप्त हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । तर,थिम पोस्टरले भन्न खोजेको के हो, कथा फिल्मको कथा सार के हो भन्ने कुरा पोष्टरमा अझै क्लियर छैन ।  

यसैगरी टिमले कलाकारबारे पनि केही जानकारी दिएका छैनन् । केही समयपछि कलाकारको लाइनअप सार्वजनिक गर्ने निर्देशक चौहानले बताएका छन् ।

“हामी विस्तारै फिल्मबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौँ,” निर्देशक चौहानले भने, “अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो फिल्ममा हुनुहुनेछ ।”