काठमाडौं – स्टारकास्ट बलियो बनाउँदै गएको फिल्म ‘महाराजधिराज’ मा वर्षा राउत पनि भित्रिएकी छिन्।
महाराजधिराज का लागि अभिनेत्री वर्षा राउतले साइन गरेसँगै, अब एउटै नाम भएकी दुई अभिनेत्री – वर्षा राउत र वर्षा शिवाकोटी पहिलो पटक फिल्मको पर्दामा देखिने पक्का भएको हो। यस अघि उनीहरु केही म्यूजिक भिडियोहरुमा एक साथ देखिएपनि फिल्ममा भने पहिलो पटक एक साथ देखिन लागेका हुन । संयोग त के छ भने यि दुई हिरोइन लोकप्रिय टाइटल फ्रेन्चाईज नाइँ नभन्नू ल बाट रजतपटमा डेब्यू गरेका हुन । बर्षा शिवाकोटीले नाइँ नभन्नू ल -२ र बर्षा राउतले नाइँ नभन्नू ल -४ बाट रजतपटमा पाइला टेकेकी हुन ।
महाराजधिराज निर्माण टिमले यस अघि पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती, र जयकिशन बस्नेत सहित वर्षा शिवाकोटी फिल्ममा अनुबन्ध भएको खबर दिएको थियो तर फिल्ममा वर्षा राउतको पनि सहभागिता रहने भएपछि फिल्मको कास्टिङको रोचकता बढेको छ । ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मलाई परिच्छेद सेनले लेखन तथा निर्देशन गर्दै छन्।